Rule 13
म्याद थप गर्न सक्ने
नियम १२ को उपनियम (२), (५) र (६) बमोजिमको अवधिभित्र निकासी वा बिक्री गर्न वा विदेशी मुद्रा आर्जन गरेको प्रमाण पेश गर्न नसकी सम्बन्धित व्यक्तिले कारण सहित म्याद थप गर्न निवेदन दिएमा र त्यस्तो कारण मनासिव देखिएमा
भन्सार कार्यालयको प्रमुखले बढीमा छ महिनाको म्याद थप गर्न सक्नेछ ।